काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारमा प्रधानमन्त्री छ कि छैन ? भन्दै प्रश्न गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालेन शाहले संसद्लाई सम्बोधन नगरेको विषयमा प्रश्न गरेका हुन्।
‘यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?,’ उनले भने, ‘सांसदको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो ।’
उनले जनता सरकारसँग डराएर बाँच्नु परेको अवस्था रहेको समेत बताए ।




प्रतिक्रिया