रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन मिति र प्रतिनिधिबारे छलफल हुँदै


काठमाडौं, वैशाख ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । वनस्थलीस्थित पार्टी कार्यालयमा अहिले बिहान ९ बजेदेखि सुरु हुने बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन लगायत विविध विषयमा छलफल गर्नेगरी एजेण्डा तय गरिएको छ ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। त्यसअनुसार भदौ वा असोज भित्रै महाधिवेशन गर्ने तयारी अनुसार महाधिवेशन प्रतिनिधिबारे टुंगो लगाउनेबारे आज छलफल हुनेछ । बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।