काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री वालेन्द्र शाहले आज संसद् सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले बिहान ११ बजे बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाका सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेकोमा अव सांसदहरूले उठाएको प्रश्नको उत्तर डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने भएका छन् । स्रोतका अनुसार यसअघि तय गरिएको कार्यसूची अन्तिम समयमा परिवर्तन गरिएको छ ।
संसद सचिवालले यसअघि सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि केन्द्रित रहने आजको बैठकमा प्रधानमन्त्री शाहले गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची सार्वजनिक गरेको थियो । अव अर्थमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ।




प्रतिक्रिया