तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले बाँदर धपाउनका लागि सार्वजनिक बिदा दिइएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै जेष्ठ १ र २ गते बाँदर धपाएर नगरपालिकाको सीमाना कटाउने अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । कार्यक्रमअन्तर्गत वडा नं. ८ को मेघा पुच्छार, वडा नं. ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नं. ५ को सिथापा पुच्छार क्षेत्रमा अस्थायी संरचना बनाएर बाँदर हेरालु समेत खटाइएको जनाइएको छ ।
‘बाँदर खेद्नका लागि ठूलो संख्यामा जनपरिचालन आवश्यक भएको हुँदा जेष्ठ १ गते शुक्रबारको दिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने गरी सार्वजनिक बिदा घोषणा गरिएको बेहोरा समेत जानकारी गराइन्छ,’ नगरप्रमुख अर्जुन माबोहाङले जारी गरेको सूचनामा लेखिएको छ ।





प्रतिक्रिया