गुप्तेश्वर क्याम्पसमा एक करोड नौ लाखको अक्षयकोष


गण्डकी,३१ वैशाख । पोखराको मुख्य पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा एक करोड नौ लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ ।

विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगबाट अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषको प्राप्त ब्याजबाट चालू आर्थिक वर्षमा १४५ विद्यार्थीलाई १५ लाख ७४ हजार ७०० बराबरको छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए । विश्व विद्यालय अनुदान आयोगबाट २४ जना विद्यार्थीले विभिन्न विधामा छात्रवृत्ति प्राप्त गरेको उनका भनाइ छ । रासस