काठमाडौँ । सभामुख डीपी अर्यालले रास्वपाका सांसद गणेश पराजुलीले बोलेका दुई अभिव्यक्ति संसदबाट हटाउन निर्देशन दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले पराजुलीले बोलेका ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्द सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।
सांसद पराजुलीले मंगलबारको बैठकमा धारणा राख्नेक्रममा यी शब्द प्रयोग गरेका थिए ।
ती शब्द हटाउनु पर्ने माग विपक्षीहरूले गरेका थिए ।




प्रतिक्रिया