प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले गरे पदभार ग्रहण


काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पदभार ग्रहण गरेका छन् ।

बुधबार नियुक्त सचिवले बिहीबार पदभार ग्रहण गरेका हुन् ।

सभामुख डोल प्रसाद (डीपी) अर्यालले बिहीबार बिहान नवनियुक्त सचिव अधिकारीलाई शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गरेका हुन् ।