काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले काभ्रेको बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरमा अनुगमन गर्ने भएको छ । बिहीबार बसेको समिति बैठकले बनेपाको होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो । तर, मिति भने नतोकिएको समितिका सहसचिव कान्छा दुलालले जानकारी दिए ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास सुनिल लम्साल र सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुमबासी बस्तीमाथि चलाइएको डोजरबारे सांसदहरूले राखेका प्रश्नको जवाफ दिएका थिए ।
बैठकमा जवाफ दिँदै सहरी विकास मन्त्री लम्सालले घर टहरा भत्काइएका सुकुमबासीलाई अन्यायमा नपारिएको दाबी गरे ।




प्रतिक्रिया