काठमाडौं । गायिका इन्दिरा जोशीले ‘बेबी बम्प’मा तस्बिरहरू सार्वजनिक गरेकी छन् ।
गायिका जोशीले बुधबार सामाजिक सञ्जालबाट बेब बम्पमा सुट गरेका तस्बिरहरू सार्वजनिक गरेकी हुन् ।
फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘यो जीवनमा एकपटक मात्रै आउने अनुभव हो ।’
गायिका जोशीले गत चैतमा आफू गर्भवती रहेको सार्वजनिक गरेकी थिइन् । उनले ०७९ मा प्रेमी शरद केडियासँग विवाह गरेकी थिइन् ।




प्रतिक्रिया