नेपाल–भारत सीमा क्षेत्रका पूर्वी नाकाहरूबाट रोहिंग्याहरू नेपाल प्रवेश गर्न सक्ने खतरालाई मध्यनजर गर्दै प्रहरीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
पश्चिम बङ्गालमा भाजपाको प्रभाव र पछिल्लो राजनीतिक घटनाक्रमले त्यहाँ रहेका रोहिंग्याहरू नेपालतर्फ लखेटिन सक्ने सम्भावना देखिएपछि पूर्वी नाकाहरूमा विशेष सुरक्षा रणनीति अपनाइएको सुरक्षा अधिकारीले बताएका छन्।
हाल ठूलो संख्यामा रोहिंग्याहरू बंगलादेशका शरणार्थी शिविरहरूमा बसिरहेका छन्। केही संख्यामा उनीहरू भारत, थाइल्याण्ड, मलेसिया र नेपालमा पनि शरणार्थीका रूपमा छरिएका छन्।




प्रतिक्रिया