मुआब्जा विवाद समाधान भएसँगै हेटौँडा–ढल्केवर प्रसारण लाइनको काम शुरु


काठमाडौँ । हेटौँडा–ढल्केवर–दुहवी चार सय केभी प्रसारण लाइनअन्तर्गत हेटौँडा–ढल्केवर खण्डको निर्माणकार्य अघि बढेको छ।

मुआब्जा र जग्गा विवादका कारण लामो समयदेखि प्रसारण लाइनको काम अघि बढ्न सकेको थिएन । सरोकारवाला निकाय र उर्जा मन्त्रालयको समन्वयका कारण जग्गाधनीले मुआब्जा पाएसँगै प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको विद्युत प्राधिकरणले जनाएको छ।

हेटौँडाको हटिया क्षेत्रमा प्रसारण लाइनको काम रोकिँदा आयोजना अलपत्र परेको थियो ।

उक्त प्रसारण लाइन निर्माणको काम सन् २०१२ देखि सुरु भएको हो ।

आयोजनाको ढल्केवर–इनरुवा खण्ड भने तीन वर्षअघिदेखि नै सञ्चालनमा रहेको छ।