काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबिच भेटवार्ता भएको छ।
मन्त्रालयमा आज भएको भेटका क्रममा दुई मन्त्रालयबिचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ। भेटका अवसरमा विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका स्वास्थ्य र सामाजिक सुरक्षासँग सम्बन्धित मुद्दाहरूमा कुराकानी भएको थियो।
मन्त्री बादीले लक्षित समुदायको हकहित, संरक्षण र सशक्तीकरणका लागि सम्बन्धित निकायहरूसँगको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई स्वास्थ्य सेवासँग जोडेर लैजाँदा बढी प्रभावकारी हुने विषयमा समेत भेटमा छलफल भएको मन्त्रालयले जनाएको छ। दुवै मन्त्रीले आगामी दिनमा कार्यगत एकतालाई अझ मजबुत बनाउने साझा निष्कर्ष निकालेका छन्।




प्रतिक्रिया