काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका नेताकार्यकर्ता तथा सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरेका छन्।
सनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्ना पार्टीका सदस्यहरुलाई उक्त आग्रह गरेको हो ।
उनले भने ‘श्रम–संस्कृति पार्टीलाई काम गर्ने पार्टी हो। प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ। एक्लै भए पनि बिरुवा रोप्ने, सरसफाइ गर्ने वा सामाजिक काम सुरु गर्नुपर्छ। हिजो म एक्लै अभियानमा थिएँ, आज हजारौँ मानिस जोडिएका छन्। यो सफलता होइन, निरन्तरताको परिणाम हो।’
पार्टी निर्माणको चरणमा रहेको भन्दै सक्रिय सदस्यहरूले मात्रै महाधिवेशनमा उम्मेदवारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिने उनले बताए।




प्रतिक्रिया