काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारको महिला ब्लकमा रहेकी २५ वर्षीया कैदी सपना तामाङ फरार भएकी छन् ।
शुक्रबार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर उनी भागेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी( प्रवीण धितालले जानकारी दिए।
नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजायको फैसला गरेको थियो ।




प्रतिक्रिया