काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठुलो हुने बताएका छन् । उनले लोकतन्त्र प्रक्रियाबाट सञ्चालन हुने व्यवस्था भएकाले संस्थागत मर्यादा र विधि–विधानलाई सर्वोपरि मान्नुपर्ने बताए ।
उनले भनेका छन्, ‘आजकल राजनीतिक दलहरूमा होस् वा संसदभित्र, एउटा बहस चलिरहेको छ, व्यक्ति ठुलो कि संस्था रु हामीले बुझेको लोकतन्त्रमा व्यक्तिका इच्छाहरू प्रक्रियाको अधीनस्थ हुन्छन् र प्रक्रिया सवैका लागि समान हुन्छ। प्रकिृयाले संस्था चलाउँछ, किनकि व्यक्ति क्षणिक हुन्छ, संस्था स्थायी हुन्छ ।’
व्यक्तिका इच्छा र आकाङ्क्षा प्रक्रिया अधीनमा रहनुपर्ने बताउँदै संस्था स्थायी र व्यक्ति क्षणिक हुने उल्लेख गरेका छन् ।
उनले थपेका छन्, ‘अधैर्य नेताभन्दा धैर्यवान संस्था सधैँ सुरक्षित हुन्छ। पार्टी होस् वा राष्ट्र, आवेगले होइन संस्थागत सन्तुलनले चल्नुपर्छ ।’




प्रतिक्रिया