सिद्धबाबा सुरुङ मार्गको स्थलगत अनुगमनमा मन्त्री लम्साल


काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको स्थलगत अनुगमन गरेका छन् । सनिबार अनुगमनमा निस्किएका मन्त्री लम्सालले सुरुङ मार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिए ।

निर्माणका समयमा कुनै समस्या देखिएमा तत्काल मन्त्रालयमा जानकारी गराउन उनले आग्रह गरे । मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडक विभागका महानिर्देशकसहित सुरुङ मार्गको स्थलगत अनुगमनको लागि पुगेका थिए ।