काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा उनले उक्त आयोगले संसद्भित्र रहेका राजनीतिक दल र बाहिर रहेका सबै पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने उल्लेख गरेका छन् ।
कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र संविधानले नेतृत्व गर्न नहुनेमा उनको जोड छ । व्यवहारमा देखिएका त्रुटि र कमजोरीसमेतलाई केन्द्रबिन्दुमा राखेर संविधानबारे राष्ट्रिय रूपमा बहस चलाउनुपर्ने नेता केसीले स्पष्ट पारे ।




प्रतिक्रिया