प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे– महामन्त्री पौडेल


काठमाडौँ । कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन शाहले जानीजानी संसद्को उपेक्षा गरेको आरोप लगाएका छन् ।

प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गरे ।
वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको पौडेलको भनाइ छ ।
उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्नेमा समेत जोड दिएका छन् ।
ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको र यसले नागरिकमा निराशा छाएको दाबी गरे ।

महामन्त्री पौडेलले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित गरिएको उल्लेख गरे । यसरी सरकारले शक्तिको अत्यधिक केन्द्रीकरण गरेको आरोपसमेत उनले लगाएका छन् ।

यसैबीच, प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने पनि उनले स्पष्ट पारे ।