काठमाडौं । कुवेत एयरवेजले काठमाडौं उडान पुनः शुरु गर्ने भएको छ । पश्चिम एसिया युद्धका कारण कुवेत–काठमाडौं उडान रोकिएको थियो ।
यसैबीच, कुवेत एयरवेजले कुवेत–काठमाडौं–कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुनः शुरु गर्न लागेको जनाएको छ ।
धेरै नेपाली कामदार रहेका देशमध्ये कुवेत पनि एक हो । त्यहाँबाट कुवेत र जजिरा एयरवेजले नियमित काठमाडौं उडान भर्दै आएका थिए । पश्चिम एसिया युद्धले उडान प्रभावित बनेसँगै कुवेतसँगको हवाई सम्पर्क टुटेको थियो ।
यसैबीच, कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।




प्रतिक्रिया