काठमाडौं, जेठ ३ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन उनी त्यसतर्फ लागेकी हुन्।
काठमाडौं र कान्स दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ नेटवर्कका सदस्य सहर हुन् । कान्सका मेयर लिसनार्डले पठाएको निमन्त्रणापत्रमा फेस्टिभललाई सृजनशील सहरहरूलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरिएको छ । साथै, फेस्टिभलमा प्रस्तुत हुने ‘अन(एयर’ शीर्षकको अडियो–भिजुअल कन्टेन्ट चेनबारे जानकारी आदान–प्रदान हुने जनाइएको छ ।
फेस्टिभलका क्रममा कार्यवाहक प्रमुख डंगोलले विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै कान्सका मेयर डेभिड लिसनार्ड तथा फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । विभिन्न सत्रहरूमा सहभागिता जनाएपछि उनी ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । यस वर्षको कान्स फिल्म फेस्टिभलमा नेपालबाट अविनाश विक्रम शाह निर्देशित चलचित्र ‘इलिफेन्ट इन द फग’ पनि प्रदर्शन हुँदैछ ।




प्रतिक्रिया