राष्ट्रिय सभाको बैठक पनि आजै


काठमाडौं, जेठ ४ । आज राष्ट्रिय सभाको बैठक पनि बस्दै छ। राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सवा १ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएकाे छ।

राष्ट्रिय सभामा पनि आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए। प्रतिनिधि सभाको बैठक पनि सोमबार बिहान ११ बजेदेखि सुरु हुँदैछ।