प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि


काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ भोली हुने भएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका डा मनोज शर्माविरुद्ध संसदीय समितिमा आज अपराह्न ५ बजेसम्म १६ वटा उजुरी परेका छन् ।

उजुरी आह्वान गरिएको आज १० दिन पुरा भएकाले शर्माविरुद्ध परेको उजुरी भोलि बिहान ८ बजेको संसदीय सुनुवाइ समितिको बैठकमा खोलिने सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भोली उजुरी खोलेर सांसदहरूलाई वितरण गरिने र भोली बिहान १० बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल हुनेछ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग सुनुवाइ चल्ने जनाइएको छ ।