चेन्नई सुपर किङ्ग्सलाई हराउदै हैदरावाद ५ विकेटले विजयी


काठमाडौं, जेठ ५ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स चेन्नई सुपर किङ्ग्सलाई हराउदै हैदरावाद ५ विकेटले विजयी भएको छ । हिजो राती भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

चेन्नईले दिएको १८१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । जितसँगै अङ्क तालिकामा हैदरावाद १३ खेलमा १६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई १३ खेलमा १२ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टसले खेल्दैछन् ।