कांग्रेसको इतर समूहले खोल्यो अनामनगरमा सम्पर्क कार्यालय


काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले काठमाडौंमा सम्पर्क कार्यालय खोलेको छ । काठमाडौंको अनामनगरमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सम्पर्क कार्यालय खोलेको हो ।

नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ । बराल, बस्नेत र काफ्ले निवर्तमान केन्द्रीय सदस्य हुन् । त्यस्तै शेरचन बागलुङका सभापति तथा गण्डकी प्रदेश सरकारको अर्थमन्त्री हुन् । कार्की कोशी प्रदेश सरकारको पूर्वमुख्यमन्त्री हुन् ।
उक्त समूहले पार्टीको १५औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि सम्पर्क कार्यालय खोलेको दाबी गरेको छ ।