प्रधानन्यायाधीश शर्माको शपथ आजै हुने


काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।

उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन् । यसैबीच, प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुने उल्लेख गरिएको छ ।