सशस्त्रको एआईजीमा पोखरेललाई बढुवा गर्न सिफारिस


काठमाडौं, जेठ ६ । सशस्त्र प्रहरी बलका डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त रहेको पदमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो । पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् । एआईजी बढुवा उपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ ।