रास्वपा सांसदहरुलाई च्याटजीपीटीको भरमा मात्रै नबोल्न निर्देशन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक क्रान्तिशिखा धितालले सांसदहरुलाई सचेत गराएको छ ।

सांसदहरुले सदनमा बोल्नका लागि च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीका तर्फबाट धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई सचेत गराएकी हुन् ।

सांसदहरुको ग्रुपमा विषयवस्तु नभएको अवस्थामा संसदमा नबोल्न र बोल्नपरे च्याटजीपीटीको भरमा मात्रै पनि नबोल्न निर्देशन दिएकी हुन् ।

प्रतिनिधि सभामा रास्वपा १८१ जना सांसद छन् । रास्वपाका सांसदहरुले च्याटजीपीटीको आधारमा संसदमा बोलेको भन्दै आलाेचना भइरहेकाे छ ।