सर्वोच्चमा आज शोक बिदा, इजलास बन्द


काठमाडौं, जेठ ७ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको आज निधन भएपछि आज शोक बिदा दिइएको छ। शोक बिदाकाे समयमा इजलास सञ्चालन नहुने जनाइएको हो।

सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्चक पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए। उनको ९७ वर्षको उमेरमा जेठ ६ गते निधन भएको थियो।