काठमाडौं, जेठ ८ । काठमाडौंको बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा आज ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार शंखमुल फिडरमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य गर्नुपर्ने भएकाले विद्युत कटौती गर्न लागिएको हो ।
प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दोभान पुल, श्रीनगर मार्ग, बागमती अपार्टमेन्ट, बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुनेछ। निर्धारित समयअगावै काम सकिएमा विद्युत आपूर्ति चाँडै सुचारु हुन सक्ने र मौसम प्रतिकूल भएमा कार्य स्थगित गरिने जनाइएको छ ।




प्रतिक्रिया