काठमाडौं, जेठ ८ । सरकारले सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन)मा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै हिजो विहिबार सार्वजनिक दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ ।
मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको हो । सूचना रद्द गर्नुको स्पष्ट कारण खुलाइएको छैन। मन्त्रालयले विशेष कारणवश एक दिनमै दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ ।
सार्वजनिक सेवा प्रसारण संस्थामा प्रतिस्पर्धात्मक प्रणालीबाट अध्यक्ष पदको पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्य व्यक्तिले आजदेखि जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्न भनिएको थियो । सरकारले हिजो गोरखापत्र संस्थानमा महाप्रबन्धक तथा प्रेस काउन्सिल अध्यक्षका लागि खोलेको दरखास्त भने रद्ध गरेको छैन ।




प्रतिक्रिया