काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सीमित स्रोत र साधनको कठोर परिधिभित्र रहेर निर्माण भइरहेको बताएका छन्।
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक तथा सुशासन समितिको बैठकमा आगामी बजेटका विषयमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘हामी बाँधिएका छौँ, हाम्रा साधन स्रोत अत्यन्तै सीमित छन्। तर, हाम्रा चाहना, इच्छा र विकासप्रतिका अपेक्षाहरू असीमित छन्,’ अर्थमन्त्री वाग्लेले भने ।
उनले सीमित रिसोर्सका बिच असीमित चाहनाहरू पूर्ति गर्न अर्थमन्त्रीलाई ज्यादै गाह्रो हुने बताए । उनले भने ‘एउटा घरमूलीलाई घर चलाउन जति गाह्रो हुन्छ, राज्य सञ्चालनमा पनि त्यस्तै चुनौती छ ।’



प्रतिक्रिया