विदेशमा नेपाली अलपत्र परे अब ‘मोफा मित्र’ले उद्धारमा सहयोग गर्ने


काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकका समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले नयाँ प्रविधिको उपयोग सुरु गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले नेपाली श्रमिक तथा डायस्पोराको सहजीकरणका लागि मोफा मित्र नामक मोबाइल एप सञ्चालनमा ल्याउन लागेको हो ।

त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा आयोजना हुने एक विशेष समारोहबीच उक्त एप आजै सार्वजनिक गरिँदैछ । परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एपको औपचारिक उद्घाटन गर्नेछन् ।

विदेशमा रहेका नेपालीहरूको संरक्षण, खोजतलास, उद्धार तथा कानुनी सहयोगका प्रक्रियालाई थप सहज, द्रुत र प्रविधिमैत्री बनाउन यो एप सहयोगी सिद्ध हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरु दाबी गर्छन् ।