काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सम्भवतः एक हप्ताभित्रै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबारको प्रतिनिधिसभा बैठकमा यसबारे जानकारी गराएका हुन् ।
संसद्मा जारी गतिरोधका बीच पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यस क्रममा आफूले प्रधानमन्त्रीको सचिवालयसँग समेत प्रत्यक्ष कुराकानी गरेको महामन्त्री बुर्लाकोटीले संसद्लाई अवगत गराए ।
प्रधानमन्त्री संसद्मा आउने सुनिश्चितता भइसकेकाले विपक्षी दलहरूलाई संसद्को अवरोध हटाई बैठक सहज रूपमा सञ्चालन गर्न सघाउनसमेत उनले आग्रह गरे ।



प्रतिक्रिया