गृह मन्त्रालयले गर्यो दुई सहसचिवको पदस्थापन


काठमाडौँ । गृह मन्त्रालयले हालै मन्त्रालयमा सरुवा गरिएका दुई सहसचिवलाई रिक्त निकायमा पदस्थापन गरेको छ।

मन्त्रालयले सहसचिव प्रदीप कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा सरुवा तथा पदस्थापन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेले जानकारी दिए।