काठमाडौँ, १३ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण राष्ट्रियसभाको आजको बैठकमा पेस गरेका छन् ।
मन्त्री वाग्लेले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा सो सर्वेक्षण पेस गरेका थिए ।
आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल गरेका छन् ।



प्रतिक्रिया