बालेनको अहङ्कार ओलीको भन्दा दोब्बर : हर्क


काठमाडौं, जेठ १३ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहभित्र केपी शर्मा ओली भन्दा चरम अहङ्कार देखिएको बताएका छन्।

पछिल्लो समय प्रधानमन्त्री शाहले संसद्‌मा उपस्थित भएर विपक्षीका प्रश्नको जवाफ दिन इन्कार गरिरहेको सन्दर्भलाई लक्षित गर्दै अध्यक्ष साम्पाङले आलीसँग प्रधानमन्त्री शाहको अहङ्कार र जिद्दीपनको तुलना गरेका हुन्

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको तुलना गर्दै उनले आज समाजिक सञ्जालमा लेखेका छन्, ‘अहंकारमा केपी ओलि जति हो त्यसको दोब्बर हो बालेन र जिद्दीपनमा बालेन जति हो त्यसको दोब्बर हो हर्क साम्पाङ।’

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र समसामयिक विषयमा जवाफ माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेका छन्। संसद्‌मा विपक्षीको नाराबाजी र होहल्ला चलिरहँदा पनि प्रधानमन्त्री शाहले संसद्लाई सम्बोधन गर्न चासो नदेखाएपछि उनको तीव्र आलोचना भइरहेको छ।

साम्पाङले प्रधानमन्त्री शाहको अहङ्कार ओलीको भन्दा दुई गुणा बढी रहेको दाबी गरेका छन्। साथै, उनले आफूलाई प्रधानमन्त्रीभन्दा पनि बढी जिद्दी स्वभावको नेताका रूपमा प्रस्तुत गर्दै सत्तापक्षलाई घुमाउरो रूपमा सचेत गराएका छन् ।