‘ईदले राष्ट्रिय एकता र भाइचारा सुदृढ बनाउन प्रेरणा मिलोस्’: ऋषि धमला


काठमाडौँ । चर्चित पत्रकार एवं स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमलाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अजहा) को पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

ईद पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै पत्रकार धमलाले यस पर्वले नेपाली समाजमा आपसी सद्भाव र एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

नेपाली सञ्चार क्षेत्रमा सक्रिय पत्रकार धमलाले ईद पर्वको ऐतिहासिक र सामाजिक महत्त्वमाथि जोड दिँदै यसले समाजलाई सकारात्मक मार्गमा डोर्‍याउने उल्लेख गरे।

‘ईदले त्याग, समर्पण, मानवता र आपसी सद्भावको गहिरो सन्देश बोकेको छ। यस पावन पर्वले हाम्रो बहुसांस्कृतिक समाजमा प्रेम, भाइचारा, सहिष्णुता र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु,’ धमलाले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।

उनले नेपालका सबै जातजाति र समुदायबीचको परम्परागत सहिष्णुतालाई कायम राख्नुपर्नेमा जोड दिए। यस पर्वले नेपालीहरूबीच आपसी विश्वास, शान्ति, समृद्धि र मानवताको भावनालाई अझ प्रगाढ बनाउने भन्दै उनले सम्पूर्ण मुस्लिम समुदायलाई ‘ईद मुबारक’ प्रकट गरेका छन्।