प्रधानमन्त्री बालेन गैरजिम्मेवार बनेको कांग्रेसको निष्कर्ष


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह जनताप्रति उत्तरदायी र जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। कांग्रेस संसदीय दलको बैठकले सरकारको कार्यशैली र प्रधानमन्त्रीको भूमिकाप्रति गम्भीर आपत्ति जनाएको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसजस्तो ऐतिहासिक गरिमा बोकेको दिनमा समेत प्रधानमन्त्रीले सम्बोधन नगर्नुको कारणसमेत नदिएको उल्लेख गरिन् ।
कांग्रेसले वर्तमान सरकार बहुमतको दम्भमा चल्न खोजेको र प्रतिपक्षलाई पूर्णतः उपेक्षा गरेको आरोप लगाएको छ। बजेट निर्माणका सन्दर्भमा विगतमा प्रतिपक्षका सुझाव र आवाज सुन्ने लोकतान्त्रिक परम्परा रहे पनि वर्तमान सरकारले त्यसलाई बेवास्ता गरेको कांग्रेसको ठहर छ।