अर्थमन्त्री वाग्लेकाे घोषणा: मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्ने क्रममा संघीय संसद्को संयुक्त बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।

‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ,’ उनले भने ।