नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरिने


काठमाडौँ । सरकारले निरन्तर घाटा र ऋणको बोझमा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई कम्पनी मोडलमा लैजाने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निगमको समग्र व्यवस्थापकीय सुधारका लागि यस्तो कदम चाल्न लागिएको जानकारी दिए ।

विगत लामो समयदेखि कमजोर व्यवस्थापन र आर्थिक संकटका कारण विवादमा पर्दै आएको निगमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउन संरचनागत परिवर्तन नै आवश्यक देखिएको अर्थमन्त्री डा. वाग्लेले बताए ।
सरकारको यो घोषणासँगै अब निगममा निजी क्षेत्र वा वैदेशिक लगानीकर्तालाई साझेदारका रूपमा भित्र्याउने बाटो खुल्नेछ ।