ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने सरकारकाे घोषणा


काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट नेपाललाई छिटै बाहिर निकाल्ने घोषणा गरेको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्नेछौँ,’ उनले भने ।