काठमाडौँ । सरकारले देशका विभिन्न विश्वविद्यालय र प्रतिष्ठानहरूबाट सञ्चालन भइरहेका मेडिकल शिक्षा (एमबीबीएस, एमडी लगायत० को सिट सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दक्ष चिकित्सक र स्वास्थ्य जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्न मेडिकल शिक्षाको कोटा बढाउने नीति लिइएको बताए ।
सरकारको यो नयाँ घोषणाले चिकित्सा शिक्षाको कोटा बढाएर स्वदेशमै अध्ययन गर्ने वातावरण सहज बनाउने लक्ष्य राखेको छ ।
बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले चिकित्सा शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याइने समेत दाबी गरे ।



प्रतिक्रिया