फास्ट ट्र्याकका लागि १७ अर्ब ६४ करोड बजेट


काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माण कार्यलाई तीव्रता दिन आगामी आर्थिक वर्षका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रणनीतिक महत्त्वको यस द्रुतमार्गलाई तोकिएकै समयभित्र सम्पन्न गर्न पर्याप्त बजेट सुरक्षित गरिएको जानकारी दिए । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजनाले काठमाडौँ उपत्यकालाई तराईसँग छोटो दुरीमा जोड्नेछ ।