मिडियाका लागि ३३ करोड रुपैयाँः श्रमजीवी पत्रकारको दुर्घटना बिमा निरन्तर


काठमाडौँ । सरकारले नेपाली सञ्चार क्षेत्रको प्रवर्द्धन र व्यावसायिकताका लागि आगामी आर्थिक वर्षमा लोककल्याणकारी विज्ञापनबापत ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सञ्चारमाध्यमहरूको दिगोपन र सञ्चार हकको सुनिश्चितताका लागि उक्त रकम छुट्याइएको घोषणा गरे ।

विगत केही समययता आर्थिक मन्दीका कारण विज्ञापन बजार खुम्चिँदा मारमा परेका साना तथा स्वरोजगारमूलक मिडियाहरूलाई यो बजेटले राहत पुग्ने अपेक्षा गरिएको छ । सरकारले लोककल्याणकारी विज्ञापनको रकमलाई समानुपातिक र पारदर्शी ढङ्गले वितरण गर्ने नीतिसमेत लिएको छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री डा। वाग्लेले सञ्चार क्षेत्र र श्रमजीवी पत्रकारहरूको हितका लागि सरकार प्रतिबद्ध रहेको बताए ।