काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल र महत्वाकाङ्क्षी बजेट सार्वजनिक गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन, उत्पादकत्व बढाउन र डिजिटल तथा भौतिक पूर्वाधारमा छलाङ मार्ने लक्ष्यसहित यो बजेट ल्याइएको बताए । रास्वपा सरकारको कोर एजेन्डा र भिजनलाई समेटेर तयार पारिएको यो पहिलो पूर्ण आकारको बजेट हो ।
सरकारले चालु तर्फ, पूँजीगत (विकास) तर्फ र वित्तीय व्यवस्थापन तर्फ बजेटको सन्तुलित बाँडफाँड गरेको जनाएको छ । प्रशासनिक खर्च कटौती गर्दै विकास आयोजनाहरूमा परिणाममुखी लगानी गर्ने नीति बजेटले लिएको छ ।
यो बजेटमार्फत सरकारले सूचना प्रविधि (आईटी), एआई कम्प्युट केन्द्र, ठुला पूर्वाधार, स्वास्थ्य-शिक्षामा संरचनागत सुधार र सरकारी निकायहरूको खारेजी तथा मर्जर जस्ता साहसिक कदमहरूको घोषणा गरेको छ ।



प्रतिक्रिया