काठमाडौँ । प्रतिनिधि सभामा आर्थिक विधेयक पेस गरिएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक पेस गरेका हुन् ।
उनले सरकारले कर, महसुल, शुल्क, दस्तुर लगाउन, घटाउन, बढाउन वा छुट दिन तथा नयाँ आर्थिक वर्षको लागि राजस्वका दरहरू परिवर्तन उक्त विधेयक संसद्मा पेस गरिएको बताए ।
उक्त विधेयक संसदबाट पारित भएपछि यसले ऐनको रूप लिनेछ । जसले सरकारलाई राजश्व संकलन गर्ने बाटो खोल्नेछ ।



प्रतिक्रिया