अमेरिकी उपविदेशमन्त्री काठमाडौंमा


काठमाडौं, जेठ १७ । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी.रोजर्स काठमाडौं आइपुगेकी छन् । उनी तीन दिने भ्रमणको क्रममा भारतको राजधानी नयाँ दिल्लीबाट शनिवार साझ काठमाडौं आएकी हुन् ।

रोजर्सले नेपालस्थित अमेरिकी राजदूतावासले आज आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिकोप रूपमा सहभागी हुने बताइएको छ । रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग भेट्ने कार्यक्रम रहेको छ । बालेन सरकार गठनपछिको अमेरिकाबाट भएको यो तेस्रो उच्चस्तरीय भ्रमण हो ।

यसअघि वैशाख ८ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुर र वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवम् भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले नेपाल भ्रमण गरेका थिए ।