काठमाडौं, जेठ १७ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। शुक्रबार तोलामा पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला २० हजार पाँच सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार तीन सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।



प्रतिक्रिया