काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा आज सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्ने भएका छन् ।
अर्थ मन्त्रालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले बजेटका विभिन्न पक्षबारे सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तर्क्रिया हुने जानकारी दिएका छन् ।
अर्थमन्त्री वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए ।



प्रतिक्रिया