मानवअधिकार आयोगको प्रतिवेदन अध्ययन र कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगका विभिन्न कालखण्डका प्रतिवेदनहरूलाई सरकारले एकमुष्ठ अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । प्रधानमन्त्री बालेनले भने, ‘धेरैजसो कुरा सल्लाह र सुझावको रूपमा लिएको छु । विभिन्न कालखण्डमा विभिन्न प्रतिवेदन, मानवअधिकार आयोगको प्रतिवेदन छन् । ती सबै प्रतिवेदनलाई सरकारले एकमुष्ठ अध्ययन गर्छ र कार्यान्वयन गर्छ ।’